
काठमाडौं - लक्जरी इभी ब्रान्ड दिपलले स्थापनाको पहिलो वर्ष मनाएको छ । एक वर्षमा आठ सयभन्दा बढी ग्राहकको मन र विश्वास जितेर आफूलाई नेपालको १ नम्बरको लक्जरी इभी ब्रान्डका रूपमा स्थापना गर्न सफल भएको बताइएको छ ।
ग्राहकको साथ र सहयोगबाट एमएडब्लू वृद्धि अटोकर्पले दिपललाई 'इलेक्ट्रिक मोबिलिटी र इनोभेसन' मा आफूलाई स्थापित गरेको हो । पहिलो वर्ष दिपलले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार प्राविधिक रूपमा उच्चकोटीको इभी मोडेल सार्वजनिक गरेको छ ।
यी इभीमा उपलब्ध 'जेस्चर कन्ट्रोल', 'एआर-एचयुडी', 'सनफ्लावर टचस्क्रिन' जस्ता १० भन्दा बढी 'इन्डस्ट्री-फर्स्ट' फिचरको माध्यमबाट दिपलले इभीबाट ग्राहकले गर्ने अपेक्षालाई पुनः परिभाषित गर्न सकेको जनाएको छ । एमएडब्लू वृद्धिले हाल नेपालका ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ।
यस अवधिमा दिपलले नेपालका लोकप्रिय क्रिकेट आइकन तथा पूर्वकप्तान पारस खड्कालाई आफ्नो आधिकारिक 'ब्रान्ड एम्बासडर' बनाएको छ भने नीति शाह, सन्दीप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, श्वेता खड्का, जोन चाम्लिङ राईजस्ता देशका ३० भन्दा चर्चित सेलेब्रिटी र खेलाडीले दिपललाई आफ्नो यात्राको साथी बनाएको छ ।
सार्वजनिक भएको पहिलो वर्षमा एमएडब्लू वृद्धिले चांगान अटोबाट नेपालमा 'इभी इनोभेसन'मार्फत 'ग्रिन मोबिलिटी'मा योगदान पुऱ्याएको भन्दै 'सांग्रिला न्यू इनर्जी अवार्ड' पाएको थियो । यसबाहेक 'टेकलेख' ले दिपल एस०७ लाई 'एसयुभी अफ द इयर २०२४' बाट सम्मान गरेको थियो ।