Harsamaya
बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चैती छठ सकियो 
चैती छठ पर्व ।

रौतहट - चैती छठ पर्वको आज  (शुक्रवार) बिहान  व्रतालुहरुले उदाउँदो सूर्य र छठी मातालाई अर्घ दिएसँगै यस वर्षको चैती छठ समापन भएको छ । व्रतालुहरूले यहाँको बाग्मती, बकैया , चादी  नदि र पोखरी तथा जलासय पुगी उदाउँदो सूर्य दिएका हुन् ।

चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको अन्तिम दिन सप्तमी तिथी, आज बिहान व्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधिवत् रूपमा समापन भएको हो । गत मंगलबार देखि विधिवत् रूपमा चैती छठ पर्व सुरु भएको  थियो । 

छठ पर्वको प्रसाद छरछिमेक तथा आफन्तलाई दिने चलन छ  । छठ प्रसादमा गहुँ वा चामलको पिठोबाट ठेकुवा , मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फलफूल हुन्छ । तराई मधेसवासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुई पटक मनाउने गर्दछन्  ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update