Harsamaya
राप्रपा सांसद बोहराको शव श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालयमा राखिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा ।

काठमाडौं - मंगलबार निधन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरालाई अन्तिम श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालयमा राखिने भएको छ ।

बोहराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने भएको हो । श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि बोहराको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार हुनेछ ।

लामो समयदेखि आवाजको थेरापी गराउँदै आएका बोहराको मंगलबार बिहान निधन भएको हो । राप्रपाका नेता बोहराको शव मंगलबार उनको गृहजिल्ला रूपन्देही लगिएको थियो । त्यहाँको श्रद्धाञ्जली कार्यक्रम सकिएपछि काठमाडौं ल्याइएको हो ।

 नेता बोहरा २०७९ सालको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । राप्रपाले बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update