Harsamaya
दिपक बोहोराका पार्थिव शरीर भैरहवा लगिने
राप्रपाका वरिष्ठ नेता दीपक बोहरा ।

काठमाडौं - आज बिहान निधन भएका प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको पार्थिव शरीर भैरहवा लगिने भएको छ। 

मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०:५० बजे निधन भएका बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भैरहवा लगिन लागिएको हो ।

चार्टड हेलिकोप्टर मार्फत दिउँसो २ बजे पछि उनको पार्थिव शरीर भैरहवास्थित उनको निवासमा लगिने भएको छ। 

शवको अन्त्येष्टि कुन घाटमा गर्ने भन्ने विषयमा अझै पारिवारिक छलफलमा रहेको राप्रपाका नेताहरूले जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update