Harsamaya
सांसद दीपक बोहराको निधन 
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा ।

काठमाडौं - प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको मंगलबार निधन भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओम अस्पतालमा उपचारका क्रममा बोहोराको निधन भएको पुष्टि गरे । 

७४ वर्षीय बोहोरा रूपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत पीडित थिए।

बोहोराको निधन लगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रकाशचन्द्र लोहनी, कमल थापालगायत नेताहरू अस्पताल पुगेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update