
काठमाडौं - पछिल्लो चार महिनाको बीचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढेको छ । नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो ।
नेपाल खुद्रा व्यापार संघका अनुसार भुटेको तोरी तेलको मूल्य प्रतिलिटरमा ४० रुपैयाँ बढेको छ । गएको पुसमा प्रतिलिटर ३७० रुपियाँमा कारोबार भएको भुटेको तोरी तेल यो चैत १५ गते ३५ रुपियाँ बढेर प्रतिलिटरको ४१० रुपियाँ खुद्रा मूल्यमा किनबेच भएको संघले जनाएको छ । संघका अनुसार सो अवधिमा काँचो तोरी तेल प्रतिलिटर ३१० रुपियाँमा पाइएकोमा १५ रुपियाँ बढेर प्रतिलिटर ३२५ रुपियाँमा कारोबार भएको छ ।
संघका महासचिव अमुलकाजी तुलाधरले नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा खानेतेलको मूल्य बढेको बताए । उद्योगीहरूले भने भारतमा निर्यात गरेर मूल्य बढेको नभई विश्वभर नै कच्चा पदार्थको मूल्यवृद्धि भएका कारण थोरै बढेको दाबी गर्दै आएका छन् ।