Harsamaya
रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन् । 

लामिछानेले रास्वपाका सांसदहरूसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन् । 

उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो । 

तर लामिछानेले संविधान विपरीत सांसदबाट आफूलाई निलम्बन गरिएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update