Harsamaya
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाथर प्रतिमामा रहेको एउटा घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार बालबालिका र दुई महिला छन्।

सबै शवहरू बरामद गरिएको  र घाइते महिलालाई घरबाट उद्धार गरी अस्पतालमा भर्ना गरिएको सुन्दरवन प्रहरी जिल्ला एसपी कोटेश्वर रावले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update