Harsamaya
 राष्ट्रपतिबाट पाँच वटा विधेयक प्रमाणीकरण 
राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भएका पाँच विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । यो सँगै ५ वटा विधेयक ऐनको रुपमा रुपान्तरित भएको छन् ।  

सोमबार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए ।

बाँकी तीन वटा विधेयक अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेका थिए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको हो ।

राष्ट्रिय सभाबाट पारित पाँच वटै विधेयकको सन्देश सोमबार नै प्रतिनिधि सभामा टेबुल भयो । राष्ट्रिय सभाबाट पारित भएर गएको विधेयकका लागि प्रतिनिधिसभाको दोस्रो बैठक बसेको थियो ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा पाँच वटै विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गरिएको हो । यो सँगै संघीय संसद्का दुवै सदनले पाँच वटा विधेयक पारित गर्ने प्रक्रिया पूरा गरेका थिए ।

bidheyak-1743471799.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update