Harsamaya
त्रिचन्द्रमा स्ववियु सभातिका उम्मेदवारहरू धर्नामा
त्रिचन्द्र क्याम्पसमा सभापतिका तीन जना उम्मेदवारहरू श्रीधर श्रेष्ठ, बानियाँलगायत धर्नामा बसेका छन् ।

काठमाडौं - त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन समितिले एकपक्षीय ढ‌ंगबाट निर्वाचन अगाडि बढाएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । निर्वाचन समितिले सभापतिका उम्मेदवारहरूलाई कुनैपनि छलफल नगरी अघि बढेपछि उनीहरु आन्दोलित भएको सभापति उम्मेदवार विवेक बाँनियाले जानकारी दिए ।

‘हामी तीन जना सभापतिका उम्मेदवारसँग कुनै छलफल र समन्वय नै नगरी एकलौटी ढंगमा निर्वाचन प्रक्रिया अघि बढाइएको छ’,बाँनियाले भने, ‘हामी यसको विरुद्धमा शान्तिपर्ण धर्नामा छौं ।’ 

trichandra-1743411451.jpg
सभापतिका तीन जना उम्मेदवारहरू श्रीधर श्रेष्ठ, बानियाँलगायत धर्नामा बसेका छन् । आठ विद्यार्थी संगठनका सभापतिका उम्मेदवा र दुई स्वतन्त्र उम्मेदवार (नेविसंघको बागी उम्मेदवार)ले निर्वाचन समितिको राजीनामा मागेका छन् ।  उनीहरुले क्याम्पस प्रमुखको राजीनामासमेत मागेका छन् । 

फर्जी कार्डहरू र भर्नाहरू छानबिन गरेर मात्रै स्ववियु निर्वाचन गर्नुपर्ने बाँनियाले बताए । क्याम्पस प्रशासनले १२ सय फर्जीकार्ड प्रकाशन गरेर निर्वाचनलाई प्रभावित बनाएर अमुक संगठनलाई जिताउन लागि परेको उनीहरूको आरोप छ । 

त्रिचन्द्रमा मंगलबार स्ववियु निर्वाचन हुँदैछ । चैत ५ र १३ गते स्थगित भएको स्ववियु निर्वाचन भोलि हुँदैछ ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update