सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

काठमाडौं - नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।
यसअघि आइतबार सुन तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार हुँदै उच्च रेकर्ड कायम गरेको थियो । सोमबार तोलामा १ हजार १ सय रुपैयाँले बढ्दै रेकर्ड ब्रेक भएको छ ।
यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ १३:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय