सिन्धुपाल्चोकका विदुर गिरी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्विरोध

काठमाडौं - सिन्धुपाल्चोकका पत्रकार विदुर गिरी प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा गिरी निर्विरोध भएका हुन् । यसअघि पनि उनी केन्द्रीय सदस्य थिए ।
उनले प्रेस सेन्टरको सिन्धुपाल्चोक इन्चार्ज भएर काम गरिसकेका छन् । गिरी नेपाल टेलिभिजनको जिल्ला संवाददाता हुन् । उनले खबरज्योति अनलाइन र सिन्धु जागरण साप्ताहिक प्रकाशन गरिरहेका छन् ।
प्रेस सेन्टरले ९९ सय जनाको कार्यसमिति चयन गरेको छ । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्घाटन गरेका थिए ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ ०९:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय