Harsamaya
वर्षा र हिमपातको सम्भावना
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको  पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update