Harsamaya
पूर्व राजदूत कमल कोइरालाको निधन
कमल कोइाराला ।

काठमाडौं - पूर्व सांसद तथा राजदूत कमल कोइरालाको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको सिनामंगलस्थित केएमसी अस्पतालमा बइतबार राति उपचारका क्रममा निधन भएको हो । उनी केही दिनदेखि पक्षघात भएर अस्पताल भर्ना भएका थिए । 

उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका उनी एक मात्र कम्युनिष्ट नेता थिए ।

उनले कोरियाका लागि नेपाली राजदूतका रूपमा तीन वर्षे कार्यकाल सम्हालेका थिए । उनी एक पटक सांसद पनि भएका थिए ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update