
कोही साथी नहुनु,
भएका साथमा नहुनु
निकै दुखदायी हुने,
शिखर भन्दा माथिको सम्बन्ध यो
कृष्ण-सुदामाकाे जस्तै प्रेमको संगम यो
जहाँ साथी भन्दा ठूलो अर्को प्राणी नहुने ।
म कल्पन्थे परिकल्पनाका सगर
कास! मेरो पनि एउटा मन मिल्ने साथी होस्
युद्ध लड्न जाँदा कृष्ण झै सारथी बनोस्
भोक लाग्दा सुधामा जस्तै करुणामयी बनोस्
मलाई आपत पर्दा हनुमान झै अघि बढोस्।
दुर्भाग्यबस मेरो नि एउटा साथी थियो
जो मेरो लागि घर परिवार भन्दा माथि थियो
स्वार्थको मुखुण्डो ओढेको अनुहार,
मलाई मेरो इस्ट देवता झै प्यारो थियो ।
भ्रम हो वा सत्य ,
आवश्यकता सकिएपछि सम्बन्धको खोला
कहिले नफर्कने गरि फड्कियो ।
उ जस्तो म, निर्मम हुनै जानिन्
साथीको निश्चल माया,
आजसम्म कतै पाउनै सकिन
धरधर्ती बग्छन् रगतका धारा यी नयनबाट
जब चाहेर पनि मैले,
मेरो मन मिल्ने साथी बनाउन सकिन ।
तिमी माग मेरो प्राण,
म मुटु नै सुम्पिन्छु
तिमी लेख्छौं भने सम्झनाका चिट्ठी,
म २ पोका रगतका मसी पठाउँछु
म बाट टाढा गए पनि तिमी,
सधै खुसीको संसारमा हुनु
मेरा देहत्याग भएका समाचार सुने पनि,
तिमी कैले एक्लै नरुनु ।
किनकि त्यो दिन म मरिसकेको हुन्छु
म आत्मा बनेर भुर्र उडेर तिम्रो समिपमा आउँछु
अनि तिम्रा हात समाइ म भक्कानेर रुन्छु
फेरि अर्को जुनी लिए भने,
तिमी निष्ठुरीलाई नै म साथी चुन्छु ।
प्रेमका अथाह कहानी सुनाउँदै,
असल साथीको चित्र बुन्छु
तिमी मलाई चुन वा नचुन,
मेरो मन जित्ने तिमीलाई म सदैव चुन्छु ।