Harsamaya
चैत्र १५ को घटनामा सम्पूर्ण रूपमा पूर्वराजा दोषी छन् : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ।

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैत्र १५ गते भएको घटनामा सम्पूर्णहरूपमा पूर्वराजा दोषी रहेको बताएका छन् । 

आइतबार संघीय भवन परिषद्मा संचारकर्मीहरूसँग कुरा गर्दै उनले मान्छे मारिएको घटनामा पूर्वराजा नबोलेको भन्दै कस्तो राजा खोजेको भन्दै प्रश्न  गरेका हुन् । 

उनले भने, ‘विपी कोइरालाले सशस्त्र संघर्षको बेलामा जे जति घटनाहरू भए अदालतमा बयान दिँदा भन्नुभयो, म प्रत्यक्ष रूपमा सहभागी थिइन् तर पनि मेरो आव्हानमा भएकोले प्रत्येक घटनाको बारेमा म नैतिक जिम्मेवारी लिन्छु । आज  नैतिक  जिम्मेवारी पूर्वराजाले लिनुपर्छ कि पर्दैन ? मान्छे मारिएको घटनामा बोल्नुपर्छ कि पर्दैन ? कस्तो राजसंस्था खोजेको हो ? पत्रकार मारिदा दु:ख लाग्यो भन्ने विज्ञप्तिसम्म पनि पत्रिकाले छाप्ने गरी पठाउनुपर्छ कि पर्दैन ? कस्तो संवैधानिक राजा खोजेको हो ? त्यसैले यो घटनामा सम्पुर्णरुपमा पूर्वराजा दोषी छन् । पूर्वराजालाई संविधानले प्रद्धित्व गरेको नागरिकको हक अधिकारभन्दा बढी राज्यले लिएको छ ।’

उनले सरकारले चाहे पूर्वराजाले पाएका सेवा सुविधा खोसिन सक्ने भन्दै पूर्वराजाले आाफ्नो सीमामा बस्नुपर्ने बताए ।  

यस्तै, नेपाली कांग्रेसका संसद चन्द्र भण्डारीले नेपालको संविधानको संरक्षणको बारेमा नसोच्नु, अराजकताको अन्त्यको लागि नसोच्नु पनि सरकारको कमजोरी भएको बताएका छन् । 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update