Harsamaya
सरकार संवेदनशील बनेन, प्रधानमन्त्री भागेर हिँडे  : सांसद पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली ।

काठमाडौं  - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले राज्य संवेदनशील बन्नुपर्ने समयमा रमिता हेरेर बसिरहेको बताएका छन् ।

आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पराजुलीले विगत चार–पाँच दिनदेखि सदन अवरुद्ध गरेर प्रधानमन्त्री जबाफ दिन डराइरहेको बताएका हुन् ।

उनले भने, ‘यतिखेर राज्य कति संवेदनशील बन्नुपर्ने हो तर सरकारले साँच्चिकै अचम्म बनाएको छ । विगत चार–पाँच दिनदेखि सदन अवरुद्ध छ । सुशासनसँग जोडिएका मुद्दा र विशेषगरी सरकार आफ्नालाई र विचौलियालाई पोस्ने काम गरिरहेको छ । राम्रा भनिएकाहरुलाई बर्खास्ती गर्ने र अँध्यारोबाट आमजनतालाई उज्यालोको सपना देखाउनेहरूलाई पनि हटाउने काम गर्दै गर्दा सदनबाट जवाफ मागिएको थियो । तर अहिले फेरी अर्को घटनाले देशमा जटिल अवस्था आएको छ । यसको  जटिल अवस्थामा पनि प्रधानमन्त्रीज्यू सदनप्रति जबाफदेही हुनुपर्नेमा बाहिर बाहिर हिँडिरहनु भएको छ ।’

साथै उनले शुक्रबार राजावादी आन्दोलनमा मृत्यु भएका दुई जनाको जिम्मेवार को हो भन्दै प्रश्न गरे । उनले के कारणले  दुई जनाको ज्यान गुमाउनुपर्यो भनेर सरकारले जबाफ दिनुपर्छ की पर्दैन भन्दै प्रश्न गरे ।
 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update