Harsamaya
पत्रकार सुरेश रजकलाई  ‘गोली लागेको’  भ्रामक सूचना नफैलाउन काठमाडौं प्रहरी परिसरको चेतावनी 
जिल्ला प्रहरी परिसर, काठमाडौं।

काठमाडौं - जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा मृत्यु भएका एभिन्युजका पत्रकार सुरेश रजकलाई ‘गोली लागेको’ भन्दै भ्रामक सूचना फैलाइएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।

शुक्रबार राजावादी प्रदर्शनका क्रममा भएको झडप र आगजनीमा सुरेशको मृत्यु भएको थियो।

प्रहरी प्रवक्ता अपील राज बोहराले सामाजिक सञ्जालमा ‘गोली लागेर मृत्यु’ भएको अफवाह फैलाउने व्यक्ति वा संस्थामाथि कानुनी कारबाही हुने बताए।

प्रहरीले यस्ता भ्रामक समाचारले अनुसन्धानमा बाधा पुग्ने जनाउँदै सर्वसाधारणलाई सत्यतथ्य नबुझी सूचना नफैलाउन आग्रह गरेको छ। 

चैत १५ गते राजावादीको प्रदर्शनमा हिंसा भड्किएपछि तीनकुनेस्थित एक घरमा आगलागी हुँदा सुरेशको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

तर, केही समूहले प्रहरीको गोली लागेको दाबी गर्दै भ्रम फैलाएपछि प्रहरीले यस्तो कदम चालेको हो।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update