Harsamaya
रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रवि लामिछाने फर्किने भएका छन् ।

भोलि देखि सुरू हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन्। 

सहकारी प्रकरणमा पक्राउ परे पछि उनी पार्टी जिम्मेवारी भन्दा बाहिर रहेका थिए। हिजो बसेको केन्द्रीय सचिवालय बैठकसम्म उपाध्यक्ष डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको हैसियतमा बैठकको अध्यक्षता गरिरहेका थिए।

अब भोलि देखि सुरू हुने बैठकको अध्यक्षता लामिछानेले गर्ने गरी बैठकको एजेन्डा तय गरिएको छ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update