Harsamaya
संसद अवरोध हुँदा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त
एमााले सांसद रघुजी पन्त ।

काठमाडौं - प्रतिपक्ष दलले संसद बैठक चल्न नदिएकाले सरकारले १५ चैतमा भएको घटनाबारे जानकारी दिन नसकेको आरोप सत्तापक्षले लगाएको छ ।

आज पनि प्रतिपक्षले संसद अवरोध गरे पछि गृहमन्त्री रमेश लेखकले १५ चैतमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनबारे संसदलाई जानकारी दिन नसकिएको बताएका हुन् ।

‘संसद चल्न दिइएन, नत्र गृह मन्त्रीज्यूले आज १५ गते भएको हिंसात्मक प्रदर्शनको जानकारी दिनु हुन्थ्यो’ एमााले सांसद रघुजी पन्तले भने । उनका अनुसार प्रतिपक्षले आज पनि संसद अवरुद्ध गरेपछि गृहमन्त्री लेखक बानेश्वरस्थित संसद भवन आउन नसकेको बताए।

विद्धुत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गर्ने सरकारको निर्णय प्रति असहमति जनाउँदै गत बुधबारदेखी प्रतिपक्ष दलले प्रधानमन्त्री केपी शर्मा ओलीको जबाफ मागेर निरन्तर संसद अवरोध गरिरहेका छन्। तर, प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्दैछन्।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update