
पोखरा - कुनै समयमा चलचित्र अवलोकन गर्ने कल्पना सिनेमा हलमा हाल शैक्षिक संस्था एभरग्रीन एकेडेमी स्थापना भएको छ । पोखराका केही फिल्म हलमा दर्शक अत्याधिक भीड भई ब्ल्याकमा समेत टिकट बिक्री हुने हुँदा समयको मागअनुसार स्थापना भएको पोखरा तेर्सापट्टिमा रहेको कल्पना सिनेमा हल २०७८ देखि पूर्ण रूपमा बन्द भएपछि त्यसको सम्पूर्ण स्वामित्व प्रतिभा एजुकेसन फाउण्डेसनले लिएर हाल नयाँ शैक्षिक संस्थाको रूपमा स्थापना गरेको हो ।
पोखराको शैक्षिक शानका रूपमा स्थापित प्रतिभा एजुकेसन फाउण्डेसनले कल्पना सिनेमा हलको स्थानमा करिब पाँच करोड लगानीमा अत्याधुनिक भवन निर्माण गरी एडेकेमी सञ्चालनमा ल्याउने तयारी गरेको प्रतिभा एजुकेसन फाउण्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए ।
नयाँ शैक्षिक सत्र २०८२ देखि पठनपाठन सुरु गर्न लागेको उनले जनाए । नर्सरीदेखि कक्षा पाँचसम्मको पढाइ सुरु हुने हरेक कक्षामा २४ जनाको मात्र सिट क्षमता रहेको पौडेलको बताए। अगामी वर्षदेखि कक्षा ६ देखि १० सम्म विस्तार गर्ने फाउण्डेसनको योजना छ ।
विद्यालयमै नर्ससहितको हेल्थ डेस्क, साइन्स ल्याब, लाइब्रेरी, तल्ला चढून लिफ्टसहित अत्याधुनिक सेवा सुविधा उपलब्ध भएको एकेडेमीको दाबी छ। साढे पाँच रोपनी क्षेत्रफलमा रहेको एकेडेमीमा ४५ कोठा छन्। एकेडेमीले १३ जना नयाँ शिक्षक, २ जना प्रशिक्षक, एकेडेमीका डिन, रिसेप्सनिष्ट, एचआर हेड सहित गर्दा २५ जनालाई रोजगार दिएको छ।