सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं - साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
शुक्रबार तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको छ ।
त्यसैगरी शुक्रबार तोलाको दुई हजार ४० रुपैयाँ पुगेको चाँदी आज १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा झरेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ १२:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय