Harsamaya
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा एपीएफको टोली नै परिवर्तन
पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा सशस्त्र प्रहरी बल (एपीएफ)का डीएसपी प्रमोद प्रकाश पाठक नेतृत्वको टोली खटाइएको छ । गृह मन्त्रालय स्रोतका अनुसार डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सेटलाई फिर्ता बोलाएर पाठक नेतृत्वको टोली खटाइएको हो । 

पूर्वराजा शाहको सुरक्षाका लागि सशस्त्र प्रहरीका १६ जना सुरक्षाकर्मी खटिएको थियो ।

भीभीआईपीलाई राज्यले उपलब्ध गराउँदै आएको सेवासुविधा अनुसार सो टोली सुरक्षामा खटिएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update