Harsamaya
त्रिभुवन विश्वविद्यालयमा १८ गते स्ववियु निर्वाचन
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा चैत १८ गते स्ववियु निर्वाचन हुने भएको छ ।  ।

यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।

उक्त विवादमा शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेपछि समितिले शनिबार निर्वाचन मिति तय गरेको हो । 

सोमबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने समितिले जनाएको छ ।

Tu-principle-2-1743265529.jpg
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update