Harsamaya
कांग्रेसले आकस्मिक बोलायो पदाधिकारी बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्।

बूढानीलकण्ठस्थित निजी निवासमा देउवाले सो बैठक दिउँसो ४:३० बजे बस्नेगरी बोलाएका हुन्।

सो बैठकमा तीनकुने, कोटेश्वर, बालकुमारी र जडीबुटी क्षेत्रमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शन तथा समसमायिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update