Harsamaya
राजावादीको निशानामा परेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र आगजनीपछि यस्तो
जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछिको अवस्था ।

काठमाडौं - पूर्वराजाका समर्थकहरुले शुक्रबार गरेको प्रदर्शनमा काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछि त्यहाँको अवस्था भयावह देखिएको छ । 

चैत्र १५ गते शुक्रबार भएको प्रदर्शन र तोडफोडमा जडीबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको पार्किङमा राखिएको चारवटा गाडी र दुईवटा दुईपांग्रे सवारी साधन पनि जलेर नष्ट भएको थियो ।

3-1743238161.jpg
तीनकुने क्षेत्रबाट तितरबितर भएका राजावादीहरुले त्यस वरपरका क्षेत्रमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट तथा आगजनी गरेका थिए । त्यसै क्रममा जडीबुटी कम्पनी पनि निशानामा परेको थियो ।

आगो लगाइएका कारण इतिहास बोकेको भवनको अधिकांश भागमा क्षति पुगेको छ । कारखानाका सामानहरु जलेका छन् । काठमाडौं उपत्यकाका ६ वटा दमकल चार घण्टासम्म खटिएर आगो नियन्त्रणमा ल्याएका थिए । 

4-1743238171.jpg
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबारको आगजनीबाट कुल १५ वटा सवारी साधनमा क्षति पुगेको छ जसमा सरकारी सवारी साधन नौं वटा र सरकारी/निजी नखुलेको सवारी साधन ६ वटा रहेका छन् । 

प्रदर्शनमा १४ स्थानमा आगजनी हुनुका साथै नौं वटा संस्था एवं कार्यालय तोडफोड र कोटेश्वरको भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाट भएको प्रहरीले गरेको अध्ययनले देखाएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update