तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको छ ।
साथै, रास्वपाले आगामी चैत १८ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी पार्टीको केन्द्रीय समिति बैठक समेत बोलाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१ १४:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय