Harsamaya
पीएम कप: आज आर्मी र पुलिस भिड्दै 
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। 

काठमाडौं - प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। 

उपाधिका लाग दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छिन्।

सिद्धार्थ क्रिकेट रंगशालामा आज बिहान ९ बजेदेखि फाइनल खेल सुरु हुँदैछ । 

पुलिसको कप्तानमा दिपेन्द्रसिंह ऐरी तथा आर्मीको कप्तानी विनोद भण्डारीले गर्दैछन् ।

दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए। आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएर फाइनलमा पुगेको हो ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update