Harsamaya
हट्यो कर्फ्यू
दंगा नियन्त्रणमा खटिएका प्रहरीहरू ।

काठमाडौं - शुक्रबारबाट जारी भएको कर्फ्यू आदेश स्थगन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै शुक्रबारबाट लगाइएको कर्फ्यू शनिबार बिहान ७ बजेबाट स्थगित भएको जनाएको हो । 

‘चैत्र १५ गते स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौं चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी चैत्र १६ गते बिहान ७ बजे सम्मका लागि जारी भएको कर्फ्यू आदेश मिति चैत्र १६ गते बिहान ७ बजेदेखि स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । 

kafuu-1743211759.jpg
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update