राजावादी समर्थक अधिवक्ता स्वागत नेपालसहित थप तीन जना पक्राउ

काठमाडौं - पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सक्रिय अधिवक्ता स्वागत नेपालसहित थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ छन् ।
उनीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । यसअघि ललितपुरको ग्वार्कोबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१ ०६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय