रविन्द्र मिश्र र धवलशमशेर पक्राउ

काठमाडौं - प्रहरीले राप्रपाका दुई शीर्ष नेतालाई पक्राउ गरेको छ । राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई ललितपुरको सातदोबाटोबाट शुक्रबार साँझ प्रकाउ गरेको छ । जनप्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं भने फरार छन् ।
यता, नवराज सुवेदीको स्वास्थ्यअवस्था हेरेर घरमै नजरबन्दमा राखिएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो तीनकुनेमा प्रसाईंको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनका कारण अवस्था तनावग्रस्त बन्न पुगेको थियो । प्रहरीले बज बिहान सात बजेसम्म कर्फ्यु जारी गरेको छ ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१ ०६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय