Harsamaya
अवैध लागूऔषध गाँजासहित दुई भारतीय पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं, - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ५ किलोग्राम सहित २ जना भारतीय नागरिक बिहीबार दिउँसो पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा मुम्बई ठेगाना भएका २५ वर्षीय मोहम्मद अन्वार मोहम्मद बकर मिर्जा र ५० वर्षीया राजीवानो सायेद रहेका छन् । थाइ एयरको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थलको आगमन भन्सार एरियामा एक्सरे मेसिनद्वारा स्क्रिनिङ गर्ने क्रममा साथमा रहेको सुटकेशबाट उक्त वस्तु फेला परेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update