दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी

काठमाडौं - प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रूप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो । उनी आजको राजावादीको प्रदर्शनका लागि जनकमाण्डर तोकिएका थिए ।
नेपाल प्रहरी स्रोतले प्रसाईंको खोजी भइरहेको बताएको छ । गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
राजावादीको आन्दोलन हिंस्रक बन्दा प्रदर्शन क्रममा आज दुई जनाले ज्यान गुमाएका छन् । राजावादीले तीनकुनेमा जलाएको घरमा जलेर एक पत्रकारले ज्यान गुमाएका छन् भने प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १९:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय