Harsamaya
राजावादीहरुको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ प्रदर्शनकारी घाइते
प्रहरी प्रवक्त डीआईजी दिनेश आचार्य ।

काठमाडौं - काठमाडौंको तीनकुनेमा भएको राजवादीहरूको प्रदर्शनमा हालसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएका छन् । 

प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकरी दिए । 

उनले भने, ‘अहिलेसम्म तीन जना सुरक्षाकर्मी घाइते हुनुभएको छ । साथै १५ जना प्रदर्शनकारी घाइते भएका छन् ।’ उनले कर्फ्यु आदेश गरिसकेको भएपनि अवस्था सामान्य नबनेको बताए । 

आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update