Harsamaya
एमाले मुख्यालयमा सुरक्षा व्यवस्था कडा
राजावादीहरूको प्रदर्शन उग्र भएपछि नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । 

काठमाडौं - राजावादीहरूको प्रदर्शन उग्र भएपछि नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । 

प्रदर्शनकारीहरुले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी गरेको साथै माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा प्रवेश गर्ने प्रयास गरेपछि च्यासलमा सुरक्षा व्यवस्था कडा बनाइएको हो । 

त्यस्तै एमाले निकट प्रेस चौतारीको नव निर्वाचित पदाधिकारी एवम सदस्यहरूको शपथग्रहण कार्यक्रम पनि अन्योलमा परेको छ । प्रधानमन्त्री केपी ओली पुग्ने भनिएको उक्त कार्यक्रम अन्योलमा परेको हो ।

यता, तीनकुनेबाट अनियन्त्रित बनेका प्रदर्शनकारीले एमाले पार्टी कार्यालय नजिकै रहेको बालकुमारी एउटा ट्याक्सी जलाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update