Harsamaya
काठमाडौंका केही क्षेत्रमा कर्फ्यू (पत्रसहित)
राजावादीहरुको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौंको विभिन्न ठाउँमा कफर्यु लगाइएको छ ।

काठमाडौं - राजावादीहरुको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौंको विभिन्न ठाउँमा कर्फ्यू लगाइएको छ । जिल् प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो । सूचना आउनुभन्दा अघि प्रहरीरीले विभिन्न स्थानमा माइकिङ गर्दै उक्त आदेश गरेको थियो । आज साँझ ४:२५ बजेबाट कर्फ्यू आदेश जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा हस्ताक्षरित आदेश अनुसार, काठमाडौं महानगरपालिकाको बानेश्वर–तीनकुने क्षेत्रका विभिन्न भागमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

कर्फ्यू प्रभावित क्षेत्रहरू:

गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर

कोटेश्वरदेखि जडिबुटी पुल

कोटेश्वरबाट बालकुमारी पुलसम्म

बानेश्वर चोकदेखि शंखमुल पुलसम्म

गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म

प्रशासनले आमनागरिकलाई तोकिएको समयभित्र उक्त क्षेत्रमा नजान आग्रह गर्दै नियम उल्लङ्घन गर्ने विरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ। सुरक्षाका कारण कर्फ्यू आदेश जारी गरिएको भए पनि यसको विस्तृत कारण खुलाइएको छैन।

राजावादी प्रदर्शनकारी अराजक बन्दै नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् । उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा समेत क्षति पुर्याएका हुन् । 

karfu-1743159142.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update