
काठमाडौं - राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं तीनकुनेबाट बाहिरिएका छन् । प्रदर्शन अराजक बन्दै गएपछि प्रसाईं बाहिरिएका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै निजी घरहरूमा ढुंगामुढा नगर्न प्रदर्शनकारीलाई आग्रह गरेका छन् ।
उनले सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोपसमेत लगाएका छन् । ‘ प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो । कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यसप्रति दु:ख व्यक्त गर्दै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, उनले भनेका छन् ।
उनले लेखेका छन्, ‘सरकारले हाम्रो मुख थुन्न खोज्यो । हामी शान्तिपूर्ण रूपमा कार्यक्रमस्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रु ग्याँस प्रहार गर्यो । लाठी चार्ज गर्यो । अझै तीनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रु ग्याँस प्रहार गरी हामीलाई कार्यक्रम सुरु गर्न दिएन ।’
<>