Harsamaya
राजावादीहरूले गरे नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड
राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरिएको छ ।

काठमाडौं - राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरिएको छ । प्रदर्शनकारीहरूले नेकपा एसको कार्यालय आलोकनगर पुगेर तोडफोडमा उत्रिएका हुन् । 

प्रदर्शनकारीहरू नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरू फुटाएका हुन् । त्यस्तै प्रदर्शनकारीरुले उक्त कार्यालय अगाडि आगजनी समेत गरेका छन् ।

प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका छन् । तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरूको आमसभा समेत प्रभावित बनेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update