Harsamaya
राजावादीहरूको आमसभा बिथोलियो, घरमा लागेको आगो नियन्त्रणको प्रयास
तीनकुनेमा राजावदीहरूले लगाएको आगो ।

काठमाडौं - काठमाडौंको तीनकुनेमा सुरु भएको राजवादीहरूको प्रदर्शन बिथोलिएको छ । 

राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरिएपछि आम सभा अझै सुरु हुन सकेको छैन । 

आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो भने केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको थियो ।

त्यसपछि एक घरमा राजावादीहरूद्वारा आगजनी समेत गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकलले आगो निभाउने प्रयास गरिहरेको छ तर अझै पनि आगो पूर्ण नियन्त्रणमा आएको छैन । 

तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईवटा घरमा छिरेर उनीहरूले आगजनी गरेका हुन् ।

यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा फुटाइदिएका थिए । राजसंस्था पुनस्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूको प्रदर्शनमा तनाव भएको छ । राजावादीहरू विभिन्न स्थानबाट जुलुसहित तीनकुने पुगेका छन् । यद्यपि त्यहाँ केहीबेर तनाव भएको छ ।

चाबहिल, भक्तपुरलगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update