Harsamaya
तीनकुनेमा प्रदर्शनकारीलाई गोली लाग्यो: प्रहरीको टाउकोमा चोट, सात सशस्त्र प्रहरी घाइते
तीनकुनेमा भएको आन्दोलनमा प्रहरीको टाउकोमा चोट ।

काठमाडौं - राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरिरहेको प्रदर्शनमा एक प्रदर्शनकारीलाई गोली लागेको छ । प्रहरीले हानेको रबर गोलीले घाइते भएका प्रदर्शनकारीलाई कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।

तीनकुने कै प्रदर्शनमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । 

सोही क्रममा झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।  उनीहरुलाई पनि कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि तीनकुने क्षेत्र तनावग्रस्त छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update