Harsamaya
राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले भने : हाम्रा साथीहरू रक्‍ताम्य भएर ढलिरहेका छन्, दुई जनाको अवस्था गम्भीर छ
राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र ।

काठमाडौं - राजावादीहरूको आन्दोलन तनावग्रस्त भएपछि राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले सम्बोधन गरेका छन् । उनीले साथीहरु रक्ताम्य भएर ढलेको र दुई जनाको ज्यान जाने अवस्था रहेको बताए ।

सभास्थलबाट सम्बोधन गर्दै उनले सबैलाई कार्यक्रमस्थलमा आइदिन आग्रह गरेका छन् । उनले ओली सरकारले आफ्ना साथीहरूलाई दमन गरे आजै सिंहदरबार छिर्ने चेतावनीसमेत दिए । 

राजावदीहरूले प्रहरीको घेरा तोड्न खोजेपछि स्थिति तनावग्रस्त भएको थियो ।  प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस र  हवाई फायर गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update