Harsamaya
दुर्गा प्रसाईंले भने: संयमित हौं, ढुंगामुढा नगरौं
दुर्गा प्रसाईं।

काठमाडौं - राजावादीको प्रदर्शन तनावग्रस्त भएपछि सभाका कमाण्डर दुर्गा प्रसाईंले संयमित हुन आग्रह गरेका छन् । 

राजावादीहरूको प्रदर्शनमा प्रदर्शनकारीले प्रहरी घेरा तोड्न खोजेपछि तनावग्रस्त भएको थियो  । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने  प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।  नेताहरू सभास्थल छाडेर हिँडेका थिए । 

प्रसाईंले मञ्चमा पुगेर सबैलाई फर्किन र संयमित हुन आग्रह गरेपछि फेरि प्रदर्शनकारीहरू भेला भएका छन् । नेताहरूपनि मञ्च फर्किएका छन् । उनले प्रहरीलाई ढुंगामुढा नगर्न पनि आग्रह गरेका छन् । 

राजावादीहरूको जुलुस ठाउँ ठाउँबाट तीनकुने पुगिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update