Harsamaya
प्रतिनिधिसभाको बैठक स्थगित
संसद भवन नयाँबानेश्वर । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरूसँग सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले आइतबार (चैत १७ गते) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सभामुखको सचिवालयका अनुसार अब आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

आजै सभामुख घिमिरले संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि प्रमुख दलहरूसँग कुराकानी गरेपनि सहमति नजुटेकाले बैठक आइतबारलाई सारेका हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update