विपक्षीको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं - विपक्षी दलहरूको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । सवा एक बजे बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्ने समय दिए ।
विश्वकर्माले आफूहरूले राखेका माग पूरा नभएकाले सदनको कारबाही अगाडि बढ्न नसक्ने बताए ।
त्यसपछि अध्यक्ष दाहालले आमसी समझदारीमा समस्या हटाउन सकिने भन्दै सदनको कारबाही अगाडि बढाउन दिन पटक पटक आग्रह गर्दा पनि विपक्षी सांसदहरू बसेनन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १४:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय