राजावादीहरूको आन्दोलनमा अश्रुग्याँस प्रहार

काठमाडौं - आज राजसंस्था पक्षधरहरूले काठमाडौंको तीनकुनेमा जुलुससहितको प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले प्रहरीको पहिलो घेरा तोड्ने प्रयास गरिरहँदा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ र अश्रुग्याँसको पनि प्रहार गरेको छ ।
राजावादीहरू बानेश्वर क्षेत्रको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।
सो क्रममा केही राउन्ड अश्रुग्याँस प्रहार भएपनि अहिलेसम्म झडपको स्थिति नै भने बनेको छैन ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १३:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय