Harsamaya
राजावादीलाई समाजवादी मोर्चाको काउन्टर: ७ ठाउँबाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा
समाजवादी मोर्चा ।

काठमाडौं - राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् ।

जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोर्हखुट्टेवाट जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुदैँ आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुनधाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।

अपरान्ह १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । तर, सो सभालाई कस कसले सम्बोधन गर्ने भन्ने अझै सार्वजनिक गरिएको छैन ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update