
काठमाडौं- आज २०८१ चैत १५ गते शुक्रबार । आज सूर्योदय बिहान ६:१ बजे भयो भने सूर्यास्त साँझ ६:१९ बजे हुनेछ ।आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा कागती पानी खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
मेष
ताजगी र स्फूर्ति बढ्नेछ । नयाँ परिकार बनाएर खाने र खुवाउने विषयमा मन केन्द्रित हुनसक्छ । दिदीबहिनी वा माइतीपक्षसँग सम्बन्ध/सम्पर्क गर्ने दिन हो । प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ । गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा वृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्द प्रद देखिन्छ ।
बृष
आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो । त्यस्तै घरायसी सुख सुविधा, अचल सम्पत्ति र वाहन सुखका बारेमा समेत ध्यान केन्द्रित हुनसक्छ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला । नत्र ससाना कुरामा विवाद हुनसक्छ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुने राम्रो समय छ । आज थप आयस्रोत कसरी बढ्छ भनी चिन्तन गर्ने समय हो ।
मिथुन
आम्दानीमा उतारचढाव आउने दिन हो । सामान्य मानेको लापरवाहीले समेत दण्ड/जरिवानामा पर्न सकिन्छ । जतिसक्दो आफ्नो कारोबारमा ध्यान केन्द्रित गरेको जाती हुन्छ । धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो । अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । मनको हठ र कुण्ठामा भुलिने समय छ । तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ ।
कर्कट
जुनियर स्टाफ वा सँगी साथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ । तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो । उन्नतिपथका हरेक विघ्न बाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरवृद्धिको नयाँ अवसर मिल्न सक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । मानसिक सन्तुष्टिको समय हो । तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ ।
सिंह
नोकरीमा बढुवा हुने वा कार्यक्षेत्रमा विस्तार हुने राम्रो दिन छ । सिनियर स्टाफको सहयोग र सद्भावले सन्तुष्टि मिल्नेछ । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ । घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा वृद्धवृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो ।
कन्या
इज्जत र प्रतिष्ठालाई दाउमा राखेर काम नगर्नुहोला । जीवनमा पैसा नै सबथोक होइन । आफ्नो कर्तव्य र स्वास्थ्यका बारेमा पनि ध्यानकेन्द्रित गर्नुपर्छ । सार्वजनिक हित वा परोपकारी काममा खट्नुपर्ने समय छ । घरैको वा छरछिमेकको कुनै धार्मिक/सामाजिक काममा सहभागी बन्नुपर्ने हुन्छ । विदेश यात्रा वा छात्रवृत्तिका लागि तयारी गरिँदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो ।
तुला
महत्त्वपूर्ण काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला । त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला । नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो । तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ । सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । स्वास्थ्य स्थितिमा पनि कमजोरीको आभास हुनेछ ।
बृश्चिक
हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने दिन हो । जागरुकता र इच्छा बढ्ने समय हो । तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला भविष्यमा काम दिनेछ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ। मन उत्सुक र आशावादी बन्ने दिन हो। त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ ।
धनु
आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो । आजको दिन अध्ययनप्रति मात्र होइन, स्वास्थ्य स्थिति एवं आहाररविहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ । प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ । आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन । किनभने परिवार भनेको आधारभूत पक्ष हो । सुखसुविधा भनेको केवल साधनमात्र हो । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेवारीमा खट्नुपर्ने दिन हो । तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ । जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ ।
मकर
इच्छा पूरा हुने दिन हो । लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ । त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । नयाँ ज्ञान वा कुनै सीप सिक्न दिलचस्पी जाग्नेछ । घरमा सम्पर्क गरी भाइबहिनी वा छोराछोरीका कुरा सुनिदिनु राम्रो हुन्छ । पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन हो । कर्मप्रति समर्पित हुनुपर्छ । आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला ।
कुम्भ
लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो । तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । व्यवसाय वा नोकरीको सन्दर्भमा कतै भ्रमणको कार्यक्रम बन्नसक्छ । घरमा सम्पर्क राखी चलिरहेको परिस्थितिका बारेमा अपडेट हुनुपर्छ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ ।
मीन
मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो । सोचेको उपलब्धि हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो । सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ । तर सामाजिक गतिविधिमा सक्रिय हुँदा काममा बाधा पुग्नसक्छ ।