भोलिको आन्दोलनमा सहभागी हुन राप्रपाको आव्हान

काठमाडौं -राप्रपा नेपालले भोलि हुने भनिएको प्रदर्शन स्थगित भनेर गरिएको प्रचारको निन्दा गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले पार्टीको नाम, छाप र प्रबक्ताको नाम दुरुपयोग गरी नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनि सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएको हो ।
राप्रपाले चैत १५ गते काठमाण्डौंको तिनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१ २१:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय