Harsamaya
 तोप २१ चौतारा साँगाचोकगढी नगर कप भलिबल प्रतियोगिता हुने 
सांकेतिक तस्वीर:हर समय/Har Samaya

काठमाडौं - चौथो  तोप २१ प्रथम चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुला क्लब स्तरीय भलिबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ । 

भोलि शुक्रबारबाट चौतारा टुँडिखेलमा हुने प्रतियोगितामा ७ टोलीले सहभागिताका लागि टिम दर्ता गराएको आयोजकले जनाएको छ। 

नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश र जुगल होराइजन सिन्धुपाल्चोक गरी ७ टोली सहभागी हुने प्रतियोगितामा प्रथम हुनेले ३ लाख, द्वितीय हुने टोलीले १ लाख ५० हजार र तृतीय हुने टोलीले ७५ हजार पुरस्कार पाउनेछ।

त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीले २० हजार सँगै उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर उत्कृष्ट ब्लकर र उत्कृष्ट लिब्रोले १०–१० हजार पुरस्कार सहित ट्रफी पाउने छ।

नेपाल भलिबल सङ्घ, बागमती प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ सिन्धुपाल्चोक र जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोग तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रवर्धनमा हुने प्रतियोगिता यही चैत्र २० गतेसम्म सञ्चालन हुने छ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update