
पोखरा - पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन हुने ऐतिहासिक श्रीगण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराटज्ञान महायज्ञ २०८२ को तयारी धमाधम भइरहेको छ ।
‘एक युगमा एक पटक इतिहासमा पहिलो पटक’ आयोजना हुन लागेको शत कुण्डीय कोटिहोम महायज्ञको आन्तरिक तथा बाह्य तयारी तीव्र रूपमा अगाडि बढेको आयोजक मानव सेवा फाउण्डेसन कास्की शाखाले जानकारी दिएको छ ।
आयोजकका अनुसार आन्तरिक तयारी करिब ७५ प्रतिशत सम्पन्न भइसकेको छ । त्यस्तै अहिले कार्यक्रम स्थलमा पण्डाल निर्माणको कार्य भइरहेको छ । त्यस्तै स्वागतद्धार निर्माण गर्ने देखि लिएर अन्य कार्यहरू अगाडि बढेको आयोजकले जानकारी दिएको छ ।
कोटीहोम महायज्ञका कार्यक्रमका विविध प्रचार प्रसारका कार्यक्रम यही चैत्र १७ गते देखि प्रारम्भ भई २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।
त्यस्तै कोटीहोमको कार्यक्रम २०८२ जेठ १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आसपासका स्थानीयहरूको जमिनमा सञ्चालन हुनेछ ।